Byroad News

Loading...

बाढीपहिरोका कारण पानीजन्य रोग फैलन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी


बाढीपहिरोका कारण पानीजन्य रोग फैलन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं/३ असार
सरकारले बाढीपहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण लगायत पानीजन्य रोगहरु बढ्न सक्ने भन्दै सचेत रहन सबैमा अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढीपहिरो जाँदा पानीका मुहानहरु दुषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढ्न सक्ने भन्दै सबै नागरिक सजरक हुनु जरुरी रहेको बताउनु भएको हो ।

‘बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी समस्याहरु झनै बढ्नसक्ने तर्फ सबै सजग हुनु जरुरी देखिन्छ । उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गाउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले अहिलेको विषम परिस्थितमा घाइते, संक्रमित तथा प्रभावितहरुको उपचारका लागि आवश्यक सबै प्रवन्ध मिलाउने कार्य गरिरहेको डा. अधिकारीको भनाइ छ ।

बाढीपहिरोका कारण बेपत्ता भएका नागरिकहरुको खोजी तथा प्रभावित व्यक्तिहरुको उद्धारमा सरकारका सबै संयन्त्र परिचालन भएको भन्दै यस कार्यमा सघाउन उहाँले अपिल समेत गर्नु भएको छ ।

Comments

KATHMANDU WEATHER