Byroad News

Loading...

सरिता हत्याको आरोपमा प्रेमी सुफल पक्राउ


सरिता हत्याको आरोपमा प्रेमी सुफल पक्राउ

विराटनगर/३ असार
मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३० वर्षीया सरीता सोरेनको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न भएको आरोपमा उनका प्रेमी रतुवामाई नगरपालिका-६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दालाई बुधबार पक्राउ गरेको हो ।

बिहेमा जानेभन्दै वैशाख १७ गते घरबाट हिँडेकी सरीता प्रेमी सुफललाई भेट्न रतुवामाई पुगेकी थिइन् । बैशाख १९ गते मकैबारीमा उनको शव फेला परेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार ६ महिनायता प्रेममा रहेका सरिताले बिहे गरेर घरमै लैजान भनेपछि विवाद भएको थियो । विवाद कै क्रममा सुफलले कुटपिट गरी घाँटी थिचेर हत्या गरेको देखिएको छ ।

घरबाट बिहेमा जानभन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको शव रतुवामाई-६ स्थित मकैबारीमा विभत्स अवस्थामा फेला परेको थियो । प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

सरिताका श्रीमानको तीन वर्षअघि मृत्यु भएको थियो । चिनजानका साथी रहेका सरिताका श्रीमान् र सुफल दुवैजना ट्याक्टर चलाउँथे ।

श्रीमानको मृत्यु भएपछि सुफल सरितासँग नजिकिएका थिए । हत्यामा संलग्न सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान रहेको खुलेको अनलाइन खबरले समाचार लेखेको छ ।

Comments

KATHMANDU WEATHER