हेटौंडा/३ असार
हेटौंडाबाट हेटौंडाबाट ५४ क्युफिट काठ, मिनिटाटा गाडी, मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले हेटौंडा –११ तिनताप्केस्थित सडक खण्डमा बसामाडी तर्फबाट पदमपोखरीतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ख ०१३२ नंन्बरको मिनि टाटा गाडीमा लुकाई ल्याएको अबैध सालको २७ वटा फन्टा जम्मा ५४ क्युफिट बरामद गरिएको हो ।
प्रहरीले गाडी चालक जिल्ला मकवानपुर हेटौंडा–११ स्मारक बस्ने बर्ष २३ को सुखराम रुम्बा र सो काठ ओसार–पसारमा संलग्न सोही गाडीको पछाडि ना ५२ प ८८०९ नंम्बरको मोटरसाइकलमा आएका हेटौंडा–१३ बस्ने बर्ष २४ को दिपेश लामालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो । बरामद काठ, गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यकक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको छ ।
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments