थाहानगर/३ असार
हेटौंडाबाट १४३ किलो गाँजा बोकेको कन्टेनर गाडीसहित ३ अज (बिहीबार) प्रकाउ परेका छन् ।
स्थित पूर्व पश्चिम राजमार्ग स्थित बिहिबार बिहान ३ बजेको समयमा मनहरीबाट हेटौडातर्फ आईरहेको ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा लागुऔषध गाँजा ल्याईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा थानाभर्याङमा चेकजाच गर्दा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त कन्टेनर गाडीको केविन भित्र चालक बस्ने सिट पछाडि फल्स बटम बनाई ल्याएको १२ वटा पोकामा गाँजा १४३ किलो ३०० ग्राम फेला मकवानपुर प्रहरीले जनाएको छ ।
गाँजा ओसारपसार गर्ने गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ५ सिगार्से बस्ने बर्ष २८ को सनक बहादुर तामाङ, सहचालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ८ मानेश्वरा बस्ने बर्ष २४ को सोमे तामाङ र सोही गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं १ गल्छराङ बस्ने बर्ष १८ को सविन तामाङलाई पक्राउ गरिएको हो ।
लागुऔषध गाँजा र कन्टेनर गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments