काठमाडौं/२ असार
सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन्।
मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्द्रावति गाउँपालिका ७ मा एक जना मृतकको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनु भयो । मृतकको पहिचान खुलिसकेको छैन ।
उहाँ अनुसार अहिलेसम्म जम्मा ४२ जनाको उद्धार गरिएको छ।
त्यसमध्ये ३७ जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत सिनो हाइड्रोका कर्मचारी रहेको अधिकारीले बताउनु भयो ।
यसैगरी, मेलम्चीको एक रिसोर्टमा फसेका दुई जना र घरको छतबाट दुई जनाको हेलिकप्टरले उद्धार गरेको छ।
प्रहरीका अनुसार अविरल वर्षाको कारण देशभरि बाढीपहिरोले क्षति भएको छ।
वर्षाका कारण सिन्धुपाल्चोक, पाल्पा, मनाङ, लमजुङ, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन, नवलपरासी र बाजुराका केही स्थानहरूमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीको कारण विभिन्न स्थानहरू डुबानमा परेका छन्।
मेलम्ची नदीमा मंगलबार आएको बाढीले सोही गाउँपालिका १ स्थित सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका ७ स्थित ७ वटा माछा फर्म र मेलम्ची नगरपालिका १० र ११ जोड्ने पक्की पुल बगाएको छ।
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments