काठमाडौं/२ असार
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी महासचिव ईश्वर पोखरेललाई पार्टी मिलाउनका लागि भूमिका खेल्न आग्रह गर्नु भएको छ ।
नर्भिक अस्पतालबाट थप उपचारका लागि भारत जान लागेका खनाललाई भेट्न पुगेका पोखरेलसँग आज (बुधबार) खनालले यस्तो आग्रह गर्नु भएको हो ।
जवाफमा पोखरेलले उपचार गराएर निको भएर आएपछि छलफल गर्ने बताएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनु भयो ।
रगतमा हेमोग्लोबिनको मात्रा कमी भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाल थप उपचारका लागि आज (बुधबार) भारत जादै हुनुहुन्छ ।
Featured News
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments