काठमाडौं/१ असार
आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा आज (मंगलबार) भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।
नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेकाे छ ।
यस अघि आइतबार नेप्से परिसूचक २ हजार ९ सय ८३ मा पुगेको रेकर्ड कायम भएको थियो । तर आइतबारको रेकर्ड सोमबारसम्म पनि टिक्न सकेन । सोमबार ३ हजार भन्दा माथि पुगेर नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।
नेप्से परिसूचकमा करेक्सन देखिए पनि काराेबार रकममा भने उल्लास नै देखिएकाे छ । काराेबार रकम १६ अर्ब ५२ कराेड ८७ लाख रुपियाँ भन्दा धेरै भएकाे छ ।

Featured News
-
22 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments