थाहानगर/१ असार
बैशाख दोस्रो हप्तादेखि कोभिड-१९ को जोखिमका कारण बन्द रहेको शैक्षिक क्रियाकलाप आजबाट सुरु भएको छ ।
धेरैजसो बिद्यालयहरुले टेलिफोनबाट जानकारी गराएर वा सूचना पाटीमा टासेर नतिजा प्रकाशन गर्दै आजबाट नयाँ शैक्षिक सत्र सुरु गरेका छन् । आज १ असारबाट बिद्यार्थी भर्ना, नामनामेसी संकलन तथा बिद्यालयहरु पाठ्यपुस्तकको व्यवस्थापनमा जुटेका छन् ।
निजी तथा आवासीय बिद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहानगरमा आवद्ध सबै विद्यालयहरुले आजदेखि नयाँ भर्ना सुरु गरिएको प्याव्सन नगर सचिव संगम कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार असार ६ गतेदेखि इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीहरुलाई अनलाइनको विधिबाट पठनपाठन सुरु गरिनेछ ।
'अब कहिले खुल्ने कहिले बन्द हुने निश्चित नभएकोले तत्काल भौतिक कक्षाको अपेक्षा गरिरहने कुरा भएन, नजानेको कुरा बिद्यालयले सिकाउदै अघि बढ्छौ, बरु कहाँनिर सहयोगी भूमिका निर्वाह गर्नु पर्ने हो, हामी गर्न त्यार छौँ, अब हामी इन्टरनेटको पहुँचमा छैन भनेर बस्ने अवस्था छैन ।' प्याव्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भन्नुभयो, 'बरु तारसहितको ईन्टरनेट नपुगेका ठाउँमा सुविधा विस्तारका लागि प्रदायक कम्पनीसङ्ग अनुरोध गरेका छौँ ।'
यसैबीच, कक्षा ८ बाहेक अन्य सबै कक्षाहरुको नतिजा बिद्यालयहरु स्वयंले प्रथम त्रैमासिक र द्वितीय त्रैमासिक परीक्षाका आधारमा सार्कजनिक गरि कक्षा ८ को नतिजा नगर शिक्षा कार्यालयलाई बुझाएको छ । नगर शिक्षा कार्यालयले बिद्यालयहरुलाई दिएको मापदण्ड अनुसार बिद्यालयहरुले नतिजा तयार गरि नगर शिक्षा कार्यालयमा बुझाइएको छ ।
मापदण्डमा त्रैमासिक परीक्षाबाट १० प्रतिशत, अर्ध वार्षिक परीक्षाबाट ३० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली अन्तर्गत ४० प्रतिशत (परियोजना कार्य १० प्रतिशत, कक्षा सहभागी र गृहकार्य १० प्रतिशत, हाजिरी ५ प्रतिशत, सिकाइ व्यवहारमा परिवर्तन ५ प्रतिशत, सिकाई सम्बद्ध सृजनात्मक कार्य १० प्रतिशत) र विद्यार्थीको थप वैकल्पिक मूल्यांकन २० प्रतिशत (सह-क्रियाकलाप ५ प्रतिशत, मासिक र एकाई परीक्षा १० प्रतिशत, अनुशासन ५ प्रतिशत) समेतका आधारहरु तय गर्न निर्देशन दिइएको थियो ।
'अब हामी मार्कशीटसहित नतिजा प्रकाशनमा जुटेका छौँ, अहिलेसम्म कुनै बाधा पुगेन भने असार ५ गते कक्षा ८ को नतिजा सार्वजनिक गर्नेछौं ।' नगर शिक्षा शाखाका देबेन्द्र कार्कीले भन्नुभयो । कक्षा ८ को परीक्षाका लागि सबै तयारी पूरा भैसक्दा परीक्षा स्थगन गर्न परेको थियो ।
थाहामा सामुदायिक तथा निजी बिद्यालयमा गरि १० हजार बढी विद्यार्थी छन् ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments