धनगढी/१ असार
कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोग लागेपछि फरार भएका युवक पक्राउ परेका छन् ।
गत जेठ २७ गते वेदकोट नगरपालिका-५ की किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप लागेका भीमदत्त नगरपालिका-५ का २० वर्षीय सिप्पु खुनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट नगरपालिका-६ को औजाखाली जंगलबाट खुनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले सोही मुद्दामा यसअघि वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
विक र खुनामिलेर ती किशोरीमाथि स्थानीय जंगलमा उनीहरुसँगै घुम्न गएका बेला जबरजस्ती करणी गरेको आरोप छ।
Featured News
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments