Byroad News

Loading...

होसियार! अझै घटिसकेको छैन है थाहामा संक्रमण दर


होसियार! अझै घटिसकेको छैन है थाहामा संक्रमण दर

थाहानगर/३१ जेठ 
थाहानगरमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५८० पुगेको छ । सोमबार १८ जनाको कोरोना परिक्षण गरिएकोमा ९ जना अर्थात ५० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । 

थाहा नगरमा सोमबारसम्म सबैभन्दा धेरै संक्रमित वडा नम्बर ६ मा छन् । त्यहाँ हालसम्म कुल २१८ जनामा परिक्षण गरिकोमा १३० जनामा संक्रमण पुष्टि भैसकेको छ । तीमध्ये २२ जना निको १ जना मृत्यु भई अझै १०७ जना सक्रिय संक्रमित छन् ।

सबैभन्दा थोरै संक्रमित रहेको वडामा ५ नम्बर छ । त्यहाँ कुल ७० जनाको परिक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना निको १ मृत्यु भई १३ जना सक्रिय संक्रमित छन् । ५ नम्बरमा अहिले १८.५७ प्रतिशतमा संक्रमण पुष्टि गरेको छ । त्यसो त विश्वव्यापी स्वास्थ्य सिद्धान्त अनुसार १० प्रतिशत भन्दा बढी देखिएमा उच्च प्रभावित अर्थात् उच्च जोखिम मानिन्छ ।

प्रतिशतका आधारमा सोमबारसम्म सक्रिय संक्रमित रहेका वडाहरुको विवरण तथ्यांकसहित ।

Comments

KATHMANDU WEATHER