Byroad News

Loading...

पर्यटन काज शिक्षक र प्राध्यापकलाई पनि दिन काङ्ग्रेसको आग्रह


पर्यटन काज शिक्षक र प्राध्यापकलाई पनि दिन काङ्ग्रेसको आग्रह

काठमाडौँ/३१ जेठ 
नेपाली काँग्रेसले निजामती कर्मचारीको लागि दिइएको पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेको छ ।

आज (सोमवार) नेपाली काँग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद रिजालले विज्ञप्ति जारी गर्दै निजामती कर्मचारीको लागि सरकारले बजेटमार्फत दिएको काज बिदा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गर्नु भएको हो ।

काँग्रेसले शिक्षकमाथि विभेद भएको भन्दै उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

‘अध्यादेश मार्फत् ल्याइएको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा निजामती सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधामा शिक्षक र प्राध्यापकलाई विभेद गरेको छ’ विज्ञप्तिमा भनिएको छ ‘निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाख रुपियाँको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम नेपाल सरकारे व्यहोर्ने निर्णय गरे पनि सोबाट समेत शिक्षक र प्राध्यापकलाई वञ्चित गरिएकोमा विभाग खेद प्रकट गर्दछ ।’

विभागले यो विभेदलाई सच्याउँदै भविष्यमा यस्तो विभेदकारी स्थिति सिर्जना नगर्न पनि सरकारलाई आग्रह गरेको छ ।

Comments

KATHMANDU WEATHER