हेटौंडा/३१ जेठ
मकवानपुर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेशहरि जोशीको निधन भएको छ । ६६ वर्षको उमेरमा जोशीको हिजो (आइतबार) राती हृदयघातबाट मृत्यु भएको बताइएको हो ।
हेटौंडा–२ का स्थायीवासी जोशीको गए राती सवा ८ बजेको समयमा ललितपुर जिल्लाको पाटन सुन्धारास्थित निवासमै निधन भएको हो । जोशी नेपाल बुद्धिचाल संघका निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ ।
मकवानपुर वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहनु भएका जोशि २० वर्षबाट हालसम्म अध्यक्ष पदमा हुनुहुन्थ्यो । उहाँ २०५६ सालमा मकवानपुर जिल्ला बुद्धिचाल संघका संस्थापक अध्यक्ष हुँदै २०५९ सालमा नेपाल बुद्धिचाल संघको उपाध्यक्ष र २०६४ सालमा नेपाल बुद्धिचाल संघका अध्यक्ष हुनु भएको थियो ।
Featured News
-
22 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments