काठमाडौँ/३१ जेठ
आगामी १४ औं महाधिवेशनको तयारीका लागि व्यस्त भएको नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ ।
यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।
कांग्रेसका क्रियाशील सदस्यताको नामावली अझै ७ जिल्लाबाट आउन बाँकी छ । छानविन समितिका सदस्य योगेन्द्र चौधरीकाअनुसार सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम र डडेलधुराबाट सदस्यता नामावली आउन बाँकी छ ।
ती जिल्लामा आन्तरिक समायोजन, शुल्क विवाद लगायतका समस्याका कारण काम हुन नसकेको कांग्रेस नेताहरु बताउँछन् । शुल्क विवादका कारण बर्दियाको पार्टी कार्यालयमा तालाबन्दी छ ।
हालसम्म सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजुरी, गुनासा वा सुझाव भएमा सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी असार ६ गतेभित्र प्रमाणसहित केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा सम्पर्क गर्न सकिने समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो ।
नामावलीमा कुनै त्रुटी भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नविकरण तर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याइदिनका लागि वा नाम समावेश गरिदिनका लागि असार ६ गतेभित्र पठाइसक्नुपर्ने छ ।
नेपाली काँग्रेसको चौधौं महाधिवेशन आगामी भदौ १६ गतेबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवाद मिलाउन नसकेपछि काँग्रेसले महाधिवेशनको मिति ९ दिन पछि सार्ने निर्णय गरेको छ ।
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments