थाहानगर/३१ जेठ
हेटौंडाबाट आइतबार खैरो हेरोईन जस्तो देखिने पदार्थ बेच्दै गरेका २ जना प्रकाउ परेका छन् ।
आइतवार २ बजेको समयमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौंडा १० स्थित राममन्दिर मोड नजिकै लागुऔषध बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा दुई जनालाई प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा हेटौडा १ घर भई हाल हेटौंडा १० राममन्दिर मोडमा डेरा गरी बस्ने अन्दाजी वर्ष ३१ को हेमजंग बानियाँ र हेटौंडा १ बस्ने बर्ष ३४ को सुरेश परियार रहेका छन् ।
उनीहरुको साथबाट खैरो हिरोईन जस्तो देखिने १४ ग्राम र नगद ३ लाख ६८ हजार २५० रुपियाँ बरामद भएको छ । उनीहरुलाई उक्त लागु औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments