Byroad News

Loading...

काेराेना संक्रमणबाट काङ्ग्रेसका पूर्व सांसदको निधन


काेराेना संक्रमणबाट काङ्ग्रेसका पूर्व सांसदको निधन

काठमाडौं/३१ जेठ 
नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ।

विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो। उहाँको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।

विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मनुभएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित हुनु भएको थियो । अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
रासस

Comments

KATHMANDU WEATHER