काठमाडौं/३१ जेठ
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट बहिएका छन् । आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा नेतन्याहू अल्पमतमा पर्नु भएपछि उहाँ सत्ताबाट बाहिरिनु भएको हो ।
दुई वर्षमा चार पटक आमनिर्वाचन भएको इजरायलमा विपक्षी गठबन्धनका दलहरूले १२ वर्षदेखि प्रधानमन्त्री रहेका नेतन्याहूलाई सत्ताबाट हटाएका हुन् ।
नेता न्याहु सत्ताबाट बाहिरिनुभएसँगै विपक्षी गठबन्धनका नाफ्ताली बेनेट नयाँ प्रधानमन्त्री बन्नु भएको छ । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले –परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गर्नु भएको छ ।
अत्यन्तै साँघुरो ६०–५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्बाट प्रधानमन्त्री चुनिनु भएको हो ।
सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उहाँ सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहनु हुने छ । त्यसपछि उहाँले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नु हुनेछ ।
नेतान्याहु इजरेलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुनुहुन्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई दिनु हुँदै आफ्नो सरकार इजरायलको नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताउनु भएको छ ।
-बीबीसी
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments