सुरेन्द्रमान प्रधान/३० जेठ
अहिले थाहानगरको बजार अवस्था झन्डै सामान्य अवस्थामा फर्किसकेको भान हुन्छ । बिहान ९ बजेसम्म मात्र अत्यवश्यक वस्तु खरिद विक्रीका लागि पसल खुल्ला भनिए पनि सबै प्रकारका आवश्यक सामान जुन सुकै बेला पनि पाइएको छ ।
सरकारी तथ्यांकले देशैभरि संक्रमित दर घटेको देखिए पनि थाहानगरमा भने अझै संक्रमित दर ३६.६५ प्रतिशत देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले असार १ गतेदेखि निषेधाज्ञा अझै खुकुलो बनाउने निर्णय गरिरहदा थाहामा भने आइतबारसम्म कुल १ हजार ५५८ जनामा परिक्षण गरिएकोमा ७१० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये हालसम्म १३२ जना निको भएका छन् । 
आइतबार १४ जनाको परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपि बजारको अवस्था हेर्दा स्थिति सामान्य अवस्थामा फर्किसकेको छ । अहिले कुन कुन घरमा संक्रमित छन् भन्ने चासो समेत हटिसकेको छ । संक्रमित घर मै सुरक्षित नबसेर आलु खन्न वा टिप्न खेतखेतमा पुगेका छन् । अझ त्यतिमै सिमित छैन मन्दिरै पनि पुगेका छन् ।
थाहानगर स्वास्थ्य शाखाको आइतबारसम्मको रिपोर्टमा दोस्रो भेरियन्टबाट मृत्यु हुनेको संख्या ७ देखिएपनि बाइरोड न्यूजको तथ्यांकमा १० जना पुगिसकेको छ । अवस्था असामान्य भै २३ जनाको काठमाडौं र हेटौंडामा विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । सामान्य अवस्थाका ५४६ जना होम आइसोलेसनमा हुनु पर्ने स्वास्थ्य शाखाको तथ्यांक छ तर, ती होम आइसोलेसनमा हुनु पर्ने सबै होम आइसोलेसनमा छैनन् । सबै आफ्ना पेसा व्यवसायमा भेटिने गरेको जनप्रतिनिधिहरुको गुनासो छ । 'भनेको मान्दैनन्, मलाई केही भएकै छैन, रिपोर्ट मात्र पोजेटिभ देखाएको हो भनेर टार्छन ।' एक जनप्रतिनिधिले गुनासो सुनाए । 'मास्क र साबुन बाड्न संक्रमितहरुको नामावली हात परेपछि पो थाहा भयो, हिजोसम्म बजारमा खुल्ला हिडिरहेका नै संक्रमित रहेछन् ।'
आइतबारसम्म थाहा १ मा ५७, २ मा ८८, ३ मा ७४, ४ मा ३६, ५ मा १३, ६ मा १०६ जना अझै सक्रिय संक्रमित छन् । यसैगरी, थाहा ७ मा ६५, ८ मा ६७, ९ मा १२, १० मा ६, ११ मा ३२ र १२ मा १२ जना सक्रिय संक्रमित छन् ।
यो वर्ष परिक्षण नभएका तर गाउँमा मृत्यु दर समेत बढेको स्थानीयको अनुभव छ । कतिपय त मृत्यु संस्कार नै पूरा नगरि दाहसंस्कार गरेकाहरु पनि छन् । गाउँमा परिक्षण तीब्र गर्ने नीति बनाइएको भएपनि स्थानीय डरले परिक्षणको दायरामा नआएको स्वस्थ्यकर्मीहरुको गुनासो छ । त्यसो त गाउँ गाउँमा संक्रमितलाई राहत बाड्न हिडेकाहरु समेत मास्क लगाउने तर्फ सचेत देखिदैनन ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments