थाहानगर/३० जेठ
योङ कम्युनिष्ट लिग (वाईसीएल) थाहा नगर कमिटिले माओवादी केन्द्र थाहा नगर कमिटिसङ्गको सहकार्यमा कोरोना संक्रमण तथा निषेधाज्ञाबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
आइतबार थाहा नगरपलिका वडा नं. १ का ५ परिवार र वडा नं. ११ का १ परिवारलाई घर मै पुगेर प्रति परिवार १ बोरा चामल २ किलो नुन, २ किलो दाल, २ लिटर तेल सहयोग गरिएको अध्यक्ष मान सिं दोङले बताउनुभयो । दोङले यो अभियान थाहा नगरभरि सञ्चालन गरिने समेत बताउनुभयो ।
आइतबार खाद्यान्न बितरणका लागि नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य तथा ईन्द्रसरोवर ईन्चार्ज विनायक गोलेलगायतको उपस्थिति थियो ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments