थाहानगर/३० जेठ
थाहा नगरपालिकाका कोरोना भाइरस रोकथाम नियन्त्रण सचिवालयले आफुले पाउने प्रोत्साहन भत्ता नलिने निर्णय गरेको छ ।
आज (आइतबार) सचिवालयका उप-संयोजक मेघराज बलामीको अध्यक्षतामा बसेको बैठकले नगरपालिकालाई परेको आर्थिक भारलाई न्यूनिकरण गर्न सहयोग गर्ने भन्दै प्रोत्साहन भत्ता नलिने निर्णय गरेको सचिवालयले जनाएको छ ।
नगर कार्यपालिकाको गत बैशाख १३ गतेको बैठकले कोभिडको जोखिममा अग्रपंक्तिमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
भत्ता नलिने निर्णय गरेका कर्मचारीहरुमा सचिवालय संयोजक विवेक विडारी, सदस्यहरु विष्णु भुषाल, सुरजकुमार भुजेल र मेघराज बलामी, अनिल लामिछाने रहेको सूचना अधिकृत सुरजकुमार भुजेलले बताउनु भयो । यसैगरी, कोभिड रोकथाम तथा नियन्त्रणका लागि हालसम्म भए गरेका खर्चहरु पनि सचिवालयले कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति समक्ष पेश गरेको छ ।
-
22 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments