थाहानगर/३० जेठ
कोरोना संक्रमित तथा यसबाट प्रभावित परिवारहरु लक्षित गरि आइतबार प्रारम्भिक चरणमा थाहा नगरपालिका ७ नम्बर वडालाई राहत सामग्री वितरण गरिएको छ ।
नेकपा एमाले थाहा नगर कमिटी अध्यक्ष अच्युत्तम प्रसाद ढकालले वडा कार्यालय मै पुगेर राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गर्नु भएको हो । वडाध्यक्ष सनम सिं मुक्तानलाई विपन्न परिवारलाई वितरण गरिदिन आग्रह गर्दै राहत सामग्री हस्तान्तरण गर्नु भएको हो ।
राहत सामग्रीमा १० बोरा चामल, १ बोरा दाल, २ कार्टुन तेल र ५ कार्टुन चाउचाउ रहेको छ । दु:खमा सामेल हुन र समस्यामा परेका नागरिकलाई थोरै भएपनि सहयोग पुगोस भनेर राहत वितरण गरेको ढकालले प्रतिक्रिया दिनुभयो । फेरि आवश्यकता अनुसार थप राहतको कार्यक्रममा समेत सहभागी हुने प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।
सो अवसरमा एमाले मकवानपुरका जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधान, नगर कमिटी सचिव कुमार नेगी, नगर सचिवालय सदस्य रामराजा केसीको सहभागिता थियो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments