Byroad News

Loading...

मकवानपुरमा निषेधज्ञा एक हप्ता थपिने, असार १ बाट थप खुकुलो


मकवानपुरमा निषेधज्ञा एक हप्ता थपिने, असार १ बाट थप खुकुलो

थाहानगर/३० जेठ 
मकवानपुरमा असार १ गतेबाट थप १ हप्ता निषेधज्ञा लम्बिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले प्रमुख जिल्ला अधिकारीलाई एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

बैठकले निषेधज्ञाको मोडालिटी भने परिवर्तन गर्न सिफारिस गरेको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार असार १ गतेबाट खाद्यान्न, तरकारी, फलफुल, दुग्धजन्य पसलहरु बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने छ । यो बाहेक स्टेस्नरी, मोवाइल, अटो, मोटरसाईकल मर्मत सेन्टर पनि बिहान सोहि समयमा सञ्चालन हुनेछन् । यसअघि हप्तामा ३ दिनमात्र खुल्ने गरेको बैंकहरु अव प्रत्येक दिन बिहान १० बजेबाट २ बजेसम्म सञ्चालन हुने छ । वित्तिय सहकारी पनि खुल्नेछन तर बजारमा पैसा संकलन गर्न भने पाउनेछैन ।

Comments

KATHMANDU WEATHER