काठमाडौं/३० जेठ
६० देखि ६४ वर्ष उमेर समूहकालाई कोभिडविरुद्धको 'भेरोसेल खोप' काठमाडौँ महानगरपालिकाले रोकेको खोप पुन: सुचारू गर्ने भएको छ । यस अघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि २८ गतदेखि खोप लगाउने कार्यक्रम रोकिएको थियो ।
वडा-वडामा भिडभाड बढेकाले अस्पतालमा खोप लगाइने महानगरका कोभिड फोकल पर्सन ज्ञानु ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ ।
काठमाडौँ स्वास्थ्य कार्यालय, काठमाडौँ जिल्ला प्रशासन र काठमाडौँ महानगरपालिकाबीच पुन: खोप सञ्चालन कार्यक्रम कसरी गर्न सकिन्छ भनी छलफल भएको ओलीले जानकारी दिनुभयो । '१० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिन्छ,' उहाँले भन्नुभयो, 'लगाउने मिति सम्मभवतः भोलि वा पर्सिदेखि सुरू हुन्छ । खोप लगाउने मिति सम्भवतः आज सार्वजनिक गर्छौ ।'
यसअघि महानगरले २५ गतेबाट ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित भएको थियो । तीन दिनमात्र खोप लगाएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका २८ हजार मानिसलाई खोप लगाइ सकिएको छ ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments