हेटौंडा/३० जेठ
एम्बुलेन्स सेवालाई दुरुपयोग हुन नदिन मकवानपुरका १७ वटा एम्बुलेन्समा जीपीएस जडान गरिएको छ ।
हाल हेटौंडा उपमहानगर क्षेत्रको १५ ओटा, मकवानपुरगढी स्वास्थ्य चौकी र हाँडिखोला स्वास्थ्य चौकीको १/१ वटा गरी १७ एम्बुलेन्समा जिपिएस जडान गरिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको एम्बुलेन्स संचालन समन्वय समितिको बैठकले जिपिएस राख्ने निर्णय भए अनुसार स्वास्थ्य कार्यालय मकवानपुरको सहयोगमा एम्बुलेन्सहरुमा जिपिएस जडान गरिएको हो ।
नेपालले बिरामीहरुलाई सरल ढंगले एम्बुलेन्स उपलब्ध गराउन र नेटवर्किङ सहजीकरणका लागि जिपिएस जडान गरिएको बताइएको छ ।
हाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको कण्ट्रोलरूमबाट एम्बुलेन्सको जानकारी लिने व्यवस्था मिलाइएको छ । जीपीएस जडित एम्बुलेन्स कहाँ पुगेको छ भन्ने जानकारी कन्ट्रोल रुमबाटै थाहा पाउन सकिन्छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments