Byroad News

Loading...

फरक मोडालिटीमा निषेधाज्ञा एक साता थपिने


फरक मोडालिटीमा निषेधाज्ञा एक साता थपिने

काठमाडौं/२९ जेठ 
काठमाडौं उपत्यकामा असार १ गतेदेखि अलग मोडालिटीमा निषेधाज्ञा थप हुने भएको छ ।

जेठ ३१ सम्मका लागि लम्ब्याएको निषेधाज्ञा अवधि पुरा भएपछि फरक मोडालिटीमा  निषेधाज्ञालाई निरन्तरता दिन लागिएको हो । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आइतबार बस्दैछ । उक्त बैठकले असार १ देखि फरक मोडालिटीमा निषेधाज्ञालाई निरन्तरता दिने बताइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै निषेधाज्ञा अन्त्य गर्ने घातक हुने सुझाव दिएको छ । मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा संक्रमणदर २९–३० प्रतिशत रहेको छ । मन्त्रालयले विश्वव्यापी मान्यतालाई अघि सार्दै संक्रमण दर १० प्रतिशतबाट तल नआउदासम्म निषेधाज्ञा पूर्ण रुपमा खोल्न नहुने सुझाव दिएको छ । 

असार १ पछि भने स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरि निजी सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने तयारी छ । 

अत्यावश्यक पसलहरूलाई अलि लामो समय खोल्न दिने र  अन्य पसलहरू समेत नयाँ मोडालिटीमा खोल्न दिने बारेमा आन्तरिक छलफलहरु भैरहेको बुझिएको छ । भाडाकुडा, स्टेशनरी, कस्मेटीक्स, फेन्सी पसलहरू खोल्न निश्चित समय तोक्ने गृहकार्य भैरहेको छ । कम प्रयोग हुने वस्तुहरू बिक्री हुने बजार पसललाई सातामा सीमित दिन सञ्चालन गर्न दिइनेछ । 

Comments

KATHMANDU WEATHER