Byroad News

Loading...

एम्बुलेन्स आएपछि फेरि सुरु भयो आर्थिक सहयोग संकलन


एम्बुलेन्स आएपछि फेरि सुरु भयो आर्थिक सहयोग संकलन

थाहानगर/२९ जेठ 
मकवानपुरको थाहा नगरपालिका १ ओखरबजारले पूर्व घोषित अभियान अनुसार एम्बुलेन्स खरिद गरि ल्याइएपछि फेरि सहयोग रकम संकलन सुरु भएको छ ।

३० महिनाअघि घोषणा गरि खरिद अभियान सुरु गरिएको एम्बुलेन्स शुक्रबार मात्रै आइपुगेको हो । शनिबार एक कार्यक्रमका बीच थाहानगरका मेयर लवशेर विष्टले उद्घाटन गरि एम्बुलेन्स संचालनको औपचारिक घोषणा गरिएको हो । 

एम्बुलेन्स सन्चालनमा आएपछि पूर्व घोषित सहयोग रकम उत्साहका साथ संकलन हुन थालेको संचालक समितिका सचिव सुरेन्द्र श्रेष्ठले बताउनु भयो । एम्बुलेन्स उद्घाटन कै दिन एक लाख रुपियाँ संकलन भएको छ । 

शनिबार नै बसेको भेलाले साबिक पालुङ १ ओखरबजार स्थायी ठेगाना हुनेलाई पूर्ण रुपमा नि:शुल्क सेवा उपलब्ध गराइने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिनुभयो । एम्बुलेन्स सन्चालक समितिले तयार पारेको कार्यविधिमा वेवारिसे अवस्थाका विरामी, आपतकालीन अवस्थाका बिपन्न परिवारका बिरामीहरुलाई समेत नगरपालिकाको सिफारिसमा नि:शुल्क सेवा दिइने उल्लेख छ । 

अभियानलाई नियमित संचालनका लागि सहयोगीदाताहरुले उत्साहपूर्वक सहभागिता जनाउन थालिएको सचिव श्रेष्ठले बताउनु भयो । अभियान अन्तर्गत ५ हजारदेखि ५ लाख रुपियाँसम्म सहयोग उपलब्ध भएको श्रेष्ठले बताउनु भयो । अन्य बिरामीहरुको हकमा भने जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्देशनानुसार गरिने जनाएको छ । सो अभियानका लागि हालसम्म करिव २४ लाख रुपियाँ संकलन भएको छ ।

Comments

KATHMANDU WEATHER