थाहानगर/२९ जेठ
मकवानपुरमामा क्रियाशील पत्रकारहरुलाई कोरोनाको प्रकोपबाट सुरक्षित रहन आग्रह गर्दै स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जिल्लाभित्रका संचार संस्थाहरुमा क्रियाशील पत्रकारहरुलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको हो । शनिबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, जिल्ला अध्यक्ष मणिराज गौतमलगायत जिल्ला कार्यसमितिका पदाधिकारीहरुसहितको टोलीले थाहानगरमै आई स्वास्थ्य सामग्री हस्तानतरण गरिएको हो ।
फेश सिल्ड, सेनिटाइजर, मास्क, ग्लोब्स वितरण गरिएको हो । थाहानगरमा रहेको रेडियो दामन, रेडियो पालुङ, बाइरोड न्यूज, थाहा टाइम्स, थाहा पाटी, थाहा एक्सप्रेस, रेडियो इन्द्र सरोवरमा कार्यरत पत्रकारहरु लक्षित गरी सो सामग्री वितरण गरिएको महासंघ जिल्ला अध्यक्ष गौतमले बताउनु भयो ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments