हेटौंडा/२८ जेठ
हेटौंडामा गोप्य रुपमा कोरोना विरुद्धको खोप लगाइएको पाइएको छ । सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउनको लागि ल्याइएको कोभिड १९ विरुद्धको खोप हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको चेम्बरमा गोप्यरुपमा खोप लगाउदै गरेको पाइएको हो ।
तरुण नगर अध्यक्ष सुनिल गिरीले गोप्य रुपमा खोप लगाउदैं गरेको जानकारी पाए पछि उहाँ आफै उपमेयरको चेम्बरमा पुग्नु भएको थियो । गोप्य स्रोतले दिएको जानकारीका आधारमा चेम्बर पुग्नु भएमा गिरीले सामाजिक सञ्जालमा तस्विर र भिडियो कैद गर्नु भएको थियो । भिडियोलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि धेरैले उपमेयरको यो कार्यप्रति आपत्ति जनाएका छन् । गिरीले सार्वजानिक गरेको भिडियोमा जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाई र खोप लगाउदै गरेका विभिन्न व्यक्तिहरु र उनीहरुको नाम विवरण १५ जनाको रहेको छ ।
यता उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले यस विषयमा कुरा गर्दा उपमेयरको दबावमा खोप लगाइएको स्विकार गर्नु भएको छ ।
यसरी गोप्य रुपमा लक्षित उमेर बाहेकका व्यक्तिहरुलाई खोप लगाउन मिल्छ त ? भन्ने प्रश्नमा चौलागाईले भन्नुभयो 'हामी निरीह भयौं जनप्रतिनिधिले भने पछि मान्नै पर्यो । उपमेयर लामाले आफुलाई खोप लगाउन नातेदारहरुको दबाव आएकाले खोप लगाइदिन आग्रह गरे पछि हामीले खोप लगाएका हौं' ।
उता प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले गोप्य रुपमा लगाइएको खोप कार्य गलत रहेको बताउनु हुँदै यस विषयमा छानविन गरी आवश्यक छलफल गरिने बताउनु भयो । उहाँले यो विषयमा डिसिसीएमसीको बैठकमा छलफल गरिने बताउनु भयो ।
स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले उपमेयर लामाले नगरपालिकालाई दोस्रो चरणको कोभिडशिल्ड ५० डोज खोप उपलब्ध गराउनुभनी पत्र पठाए अनुसार आफुहरुले खोप पठाएको बताउनु भयो । उहाँले यसरी गोप्य रुपमा उपमेयरको चेम्बरमा बसी खोप लगाउनु गलत रहेको बताउदैं यस्तो गर्न नहुने भन्दै पन्छिनुभयो । उपाध्यायले सञ्चारमाध्यम तथा जिल्ला प्रशासनलाई कोभिड शिल्ड आफुहरुसँग नभएको झुट बोल्दै आउनु भएको पुष्टि भएको छ ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments