Byroad News

Loading...

श्रीमती मारेर फाल्ने एक पुरुष पक्राउ


श्रीमती मारेर फाल्ने एक पुरुष पक्राउ

गोरखा/२८ जेठ
आफ्नै श्रीमतीलाई मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 

गोरखा पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई श्रीमती मारेर तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । 

कामीले शुक्रबार बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटना लगत्तै पक्राउ परेका कामीले श्रीमतीको गए राति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको प्रनाउ दाहालले बताउनु भयो । नदीमा फालिएको भनिएको शव फेला परेको छैन । 

पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासँग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । उनीहरुले छ महिना अघिमात्र बिहे गरेका थिए । 

Comments

KATHMANDU WEATHER