Byroad News

Loading...

भारतमा एकैदिन ३४०३ संक्रमितकाे मृत्यु


भारतमा एकैदिन ३४०३ संक्रमितकाे मृत्यु

 

एजेन्सी/२८ जेठ

भारतमा पछिल्लाे २४ घण्टामा ९१ हजार भन्दा धेरै नयाँ काेराेना संक्रमित फेला परेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ९१ हजार ७ सय २ नयाँ संक्रमित भेटिएका हुन्।

याे अवधिमा १ लाख ३४ हजार ५ सय ८० जना संक्रमणमुक्त भएका छन्। यस्तै ३ हजार ४ सय ३ जना संक्रमितकाे मृत्यु भएकाे छ।

याेसँगै भारतमा काेराेनाबाट ज्यान गुमाउनेकाे कुल संख्या ३ लाख ६३ हजार ७९ पुगेकाे छ। कुल संक्रमितकाे संख्या २ कराेड ९२ लाख ७४ हजार ८ सय २३ पुगेकाे छ।

जसमध्ये २ कराेड ७७ लाख ९० हजार ७३ जना संक्रमणमुक्त भएका छन् । अहिले भारतमा ११ लाख २१ हजार ६ सय ७१ सक्रिय संक्रमित रहेका सरकारी तथ्यांक छ।

भारतले आफ्ना २४ कराेड ६० लाख ८५ हजार भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसकेकाे छ।

Comments

KATHMANDU WEATHER