जनकपुर/२८ जेठ
धनुषामा पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको छभने दुई जना बेपत्ता भएका छन् ।
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष सम्मका पाँच जना बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो ।
पोखरीबाट ५ जनाको शव निकालिए पनि दुई जनाको खोजी भइरहेको बताइएको छ ।
पोखरीमा डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललीता साह तेली रहेका छन् ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments