हेटौंडा/२८ जेठ
मकवानपुरको मनहरीमा एउटा मोटरसाइकल दूर्घटना हुँदा दुई जना घाइते भएका छन् । दूर्घटना ग्रस्त मोटरसाइकल सडकबाट करिव एक सय मिटर तल खसेको छ ।
लु. ६२ प १००६ नंबरको मोटरसाइकलमा सवार दुवैजना घाइते भएका छन् भने एक जना गम्भीर छन् । घाईते हुनेहरुमा चितवन राप्ती नगरपालिका वडा नंबर ६ का ३८ वर्षीय चित्र बहादुर लामा र ३३ वर्षीया लक्ष्मी लामा हुन् ।
मनहरी गाउँपालिकाको वडा नंबर ६ मा मनहरीबाट रुपाचौर जाने सडकमा आफै अनियन्त्रित हुँदा दूर्घटना भएको जनाइएको छ ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments