Byroad News

Loading...

किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा एकजना पक्राउ


किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा एकजना पक्राउ

कन्चनपुर/२८ जेठ 
कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका-५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिनुभयो । अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेका जनाएको छ ।

बिहीबार स्थानीय जङ्गलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप छ । राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई आज (शुक्रबार) बिहान पक्राउ गरेको हो ।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको प्रहरी प्रवक्ता थापाले बताउनु भयो । जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले उजुरीमा जनाएकी छिन् । 

Comments

KATHMANDU WEATHER