Byroad News

Loading...

नेता लामाको गिरफ्तारीप्रति काङ्ग्रेस नेता बानियाँको आपत्ति


नेता लामाको गिरफ्तारीप्रति काङ्ग्रेस नेता बानियाँको आपत्ति

थाहानगर/२८ जेठ 
नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आपत्ति जनाउनु भएको छ ।

नेता बानियाँले बिहीबार एक बिज्ञप्ती निकाल्नु हुँदै युवा नेता लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले कुनैपनि नागरिकले स्वतन्त्रपूर्वक हिड्डुल गर्न पाउँने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राख्नु गलत भएको बताउनु भएको छ ।

विज्ञप्तीमा नेता बानियाँले लामालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दावी गरिएपनि बर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको आरोप लगाउनु भयो ।

नेता बानियाँले जारी निषेधाज्ञा उलंघन गरेको भन्दै निन्त्रणमा लिएपनि एउटा दलको नेतालाई सामान्य सोधपुछ गरेर छाड्न सकिने वा जरिवाना लिएर छाड्नुपर्ने भएपनि नियन्त्रणमा राखी अनावश्यक सोधपुछ गर्नु बदनियत र दुर्भाग्यपूर्ण भएको बताउनु हुँदै नेता लामालाई विना शर्त तत्काल छोड्न विज्ञप्ति मार्फत आग्रह गर्नु भयो ।

निषेधाज्ञा उलंघन गरेको आरोपमा लामासहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । गत आम निर्वाचनमा बागमती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवारसमेत रहनुभएका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निर्वतमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।

Comments

KATHMANDU WEATHER