Byroad News

Loading...

आज देशका केहि स्थानमा भारी वर्षाको सम्भावना


आज देशका केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं/२८ जेठ
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थनमा हल्का र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा हुने स्थानमा सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।

दिउँसो देशभरको मौसम बदली रहनेछ। धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम सम्मको वर्षा हुने सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

यस्तै, साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक दुई दिनमा मनसुनको आगमन हुनेछ।

देशको पूर्वी भू–भागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ।

Comments

KATHMANDU WEATHER