Byroad News

Loading...

थाहा शिक्षक संगठन अध्यक्ष गोपालीलाई पितृ शोक


थाहा शिक्षक संगठन अध्यक्ष गोपालीलाई पितृ शोक

थाहानगर/२७ जेठ 
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर कमिटीका अध्यक्ष रुपचन्द्र गोपालीलाई पितृ शोक परेको छ ।  

सुनौला माविका पूर्व प्रधानाध्यापक, सुनौला सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गोपालीका पिता बल बहादुर गोपालीको आज (बिहीबार) काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

मृतक गोपाली लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको नियमित उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । 

Comments

KATHMANDU WEATHER