सुरेन्द्रमान प्रधान/थाहानगर/२७ जेठ
नेपाल सरकारको कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत थाहानगरमा हिजो र आज (बिहीबार) गरि २७२ जनाले खोप लगाएका छन् । १ सय ३८ महिला र उत्तिकै संख्यामा पुरुषले खोप सेवा लिएका छन् ।
खोपको दोस्रो दिन आज प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा ० महिला र १८ पुरुषले खोप लगाएका छन् । यसैगरी, स्वास्थ्य चौकी आग्रामा १३ महिला र १२ पुरुष गरि २५ जना, आग्राकै देउखेलमा १२ महिला र १२ जना पुरुष गरि २४ जनाले खोप सेवा लिएको नगरका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो ।
पहिलो डोज अन्तर्गतको खोपको यो चरणमा ६२ देखि ६४ वर्ष उमेर समूहका वृद्धहरु लक्षित थियो । थाहानगरलाई प्राप्त ७८५ खोपमध्ये २७२ खर्च भएको छ । अब बाकी ५१३ वटा खोप पुनः सुचना गरि ६० वर्षदेखि ६४ वर्षका वृद्ध लक्षित गरिनेछ ।
हिजो टिष्टुङमा थाहा ११ र १२ का गरि १ महिला र ५ पुरुष, प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा २४ महिला २३ पुरुष, बज्रबाराहीमा ३४ महिला २२ पुरुष, चित्लाङमा ४८ महिला र ४२ पुरुष गरि १ सय ४ जना महिला र ९२ जना पुरुषले खोप लगाएका थिए ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments