Byroad News

Loading...

प्रचण्डले हटाएका साह कृषि मन्त्री बन्दै


प्रचण्डले हटाएका साह कृषि मन्त्री बन्दै

काठमाडौं/२७ जेठ

तत्कालीन माओवादीबाट प्रदेश सभा–२ मा सांसद निर्वाचित हुनु भएकी ज्वाला कुमारी साह संघीय सरकारका मन्त्री बन्नु हुने भएको छ । प्रधानमन्त्री ओलीले आज विस्तार गर्ने मन्त्रीपरिषद् बाट साहलाई कृषि मन्त्री बनाउने तयारी गर्नु भएको हो । साहलाई नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्य पदबाट हटाएको थियो ।  

साह तत्कालीन माओवादीबाट प्रदेश सभा–२ मा सांसद निर्वाचित हुनु भएको थियो । बारा–३ बाट सांसद निर्वाचित हुनु भएका साह नेकपा हुँदा बाराकी सह–इन्चार्ज हुनुहुन्थ्यो । अहिले ओलीले उहाँलाई प्रदेश २ को एमाले अध्यक्ष बनाउनु भएको थियो । 

सर्वोच्चको फैसलापछि नेकपाको एकता खारेज भएसँगै ओली समूहतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उहाँसहित चार जनालाई सांसद पदबाट हटाइदिनसु भएको थियो । 

Comments

KATHMANDU WEATHER