Byroad News

Loading...

भौतिक मन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी


भौतिक मन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी

धनगढी/२६ जेठ 
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सोडारीविद्ध जिल्ला प्रहरी कार्यालयमा आज (बुधबार) 'सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार' कसुर शीर्षकमा मुद्दा दर्ता गराउनु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । सोडारीले प्रदेश सचिव रावलमाथि आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ ।

उहाँले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउने बेला मन्त्री सोडारीले आफूमाथि हातपात गरेको आरोप लगाउनु भएको छ । तर मन्त्रीको सचिवालयले भने रावलले नै मन्त्रीमाथि दुर्व्यवहार गरेको बताउँदै आएको छ ।

Comments

KATHMANDU WEATHER