Byroad News

Loading...

कोरोनाविरुद्वको खोप १ सय ९६ जनाले लगाए

टिष्टुङमा ६ जनाले मात्रै लगाए

कोरोनाविरुद्वको खोप १ सय ९६ जनाले लगाए

सुरेन्द्रमान प्रधान/थाहानगर/२६ जेठ 
नेपाल सरकारको कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत थाहानगरमा आज (बुधबार) १ सय ९६ जनाले खोप लगाएका छन् । १ सय ४ महिला र ९२ जना पुरुषले विभिन्न स्वास्थ्य केन्द्रहरुमा गई पहिलो डोजको भेरो सेल खोप लगाएका हुन् । 

पहिलो डोज अन्तर्गतको खोपको यो चरणमा ६२ देखि ६४ वर्ष उमेर समूहका वृद्धहरु लक्षित थियो तर, टिष्टुङमा थाहा ११ र १२ का गरि १ महिला र ५ पुरुषले मात्र खोप लगाएको थाहानगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो ।

खोप लगाउनेमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा २४ महिला २३ पुरुष, बज्रबाराहीमा ३४ महिला २२ पुरुषले मात्र खोप लगाएका छन् । यसैगरी, चित्लाङमा ४८ महिला र ४२ पुरुष गरि खोपको पहिलो दिन १ सय ४ जना महिला र ९२ जना पुरुष गरि जम्मा १ सय ९६ जनाले खोप लगाएका छन् । सरकारबाट यो चरणका लागि ७ सय ८५ जनाका लागि खोप पठाइएको थियो । 

यसैगरी भोलि बिहीबार प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, आग्रा स्वास्थ्य चौकी र देउखेल शहरी स्वास्थ्य केन्द्रमा खोप लगाउने कार्यक्रम छ ।

स्वास्थ्य शाखा प्रमुख बलामीका अनुसार भौगोलिक विकटताका कारण पनि पर्याप्त संख्यामा खोप केन्द्र आउन नसकेका हुन् । 'अब व्यवस्थापन गर्न सकियो भने गाउँ गाउँ गएर लगाउनु पर्छ' बलामीले बाइरोडसङ्ग भन्नुभयो 'बाकी खोप अब उमेरको दायरा बढाएर ६० वर्षदेखि ६४ वर्षसम्मका लागि फेरि लगाउने मौका दिइनेछ ।'

'आज खोप लागाउने सूचना थाहा पाएर तोकिएको भन्दा बाहेकका उमेर समूहका धेरै वृद्धहरु पनि आएका थिए तर सरकारले निर्धारण गरिएको उमेरभन्दा बाहेकलाई लगाइदिने कुरा भएन, यसमा अलि दु:ख लाग्यो ।' स्वास्थ्य शाखा प्रमुख बलामीले भन्नुभयो 'लगाउन पाएका आमाबुबाहरु भने निक्कै खुसी देखियो ।' थाहानगरमा निश्चित उमेरगत विवरण भने छैन ।

यसअघि थाहानगरका १ सय ४४ जनाले दोस्रो डोज र १६ सय जनाले पहिलो डोजको खोप लगाइसकेका छन् ।

 

Comments

KATHMANDU WEATHER