Byroad News

Loading...

स्रोत नखुलेको ३० लाखसहित २ भारतीय नागरिक पक्राउ


स्रोत नखुलेको ३० लाखसहित २ भारतीय नागरिक पक्राउ

रौतहट/२६ जेठ
रौतहटबाट प्रहरीले ३० लाख ७६ हजार रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ। आज (बुधबार) विहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो। भारतबाट बि आर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूलाई प्रहरीले चेक गरेको थियो। प्रहरीले उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपियाँ बरामद गरेको कार्यालयले जनाएको छ। उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। 

Comments

KATHMANDU WEATHER