थाहानगर/२५ जेठ
थाहानगरमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । १५ जनाको एन्टीजेन परिक्षण गरिएकोमा ९ जना र २१ जनाको पीसीआर परिक्षणमा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
मङ्गलबारसम्म थाहानगरमा कूल ६ सय ५४ जनामा कोरोना संक्रमण देखिएकोमा ७८ जना निको भैइसकेका छन् । अझै सक्रिय संक्रमितको संख्या ५ सय ७० रहेको छ । ५ सय ४० जना होम आइसोलेसनमा छन् । ८ जना बज्रबाराही आइसोलेसनमा छन् भने २२ जना नगर बाहिर उपचाररत छन् ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments