Byroad News

Loading...

एक चिकित्सक एक स्वास्थ्य संस्था' लागू गर्ने तयारी


एक चिकित्सक एक स्वास्थ्य संस्था' लागू गर्ने तयारी

काठमाडौं/२५ जेठ 
सरकारले असारदेखि ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने तयारी गरेको छ । राष्ट्रिय ट्रमा सेन्टर, प्रसुति गृह, भरतपुर अस्पताल चितवन, गजेन्द्रनारायण निधि अस्पताल र डडेल्धुरा अस्पताललगायतका झण्डै एक दर्जन अस्पतालमा यो कार्यक्रम लागू गर्ने तयारी अन्तिम चरणमा छ ।

सरकारले बनाएको ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ (कार्यक्रम सञ्चालन) कार्यविधि, २०७७' अनुसार यो कार्यक्रम लागू भएका अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले अन्य अस्पतालमा काम गर्न पाउनु हुने छैनन् । तर, यो कार्यविधिप्रति सरकारी चिकित्सकहरुले भने विरोध गर्दै आइरहनु भएको छ ।

Comments

KATHMANDU WEATHER