काठमाडौं/२५ जेठ
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ । यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको हो ।
गतवर्ष एसईईको नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डले एसईई (कक्षा १०) को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । सोही कार्यविधि अनुसार विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी विद्यार्थीको मूल्यांकन गरिएको थियो । समितिले पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी परीक्षाफल प्रकाशित गरेको थियो ।
कार्यविधिको ड्राफ्ट तयार भइरहेको र यो महिनाभित्र सकेर मूल्यांकन गर्न निर्देशन दिने तयारी भई रहेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताउनु भयो । यस वर्षको मूल्यांकन विधि गत वर्षकोभन्दा फरक हुने भएपनि के–के फरक हुन्छ भन्ने अहिले सार्वजानिक नगर्ने उहाँले बताउनु भयो । यो वर्षको नतिजा गत सालको भन्दा अलि–अलि फरक आउने उहाँले बताउनु भयो । कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएपछि जेठ १३ गतेबाट तय भएको एसईई परीक्षा स्थगित भएको थियो ।
कक्षा १० को नतिजा आन्तरिक मूल्यांकन विधि अनुसार गराउने शिक्षा मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेपछि बोर्डले मूल्यांकन कार्यविधि तयार गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
-
23 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments