Byroad News

Loading...

आज पनि संवैधानिक इजलास स्थगित


आज पनि संवैधानिक इजलास स्थगित

काठमाडौं/२५ जेठ
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास आज (मंगलबार) पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास प्रधानन्यायाधीस बिरामी भएको कारण देखाउँदै हिजो पनि स्थगित गरिएको थियो । आज (मंगलबार) भने संवैधानिक इजलास नबस्नुको कारण खुलेको छैन । 

संसद विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गर्नु भएको थियो ।  इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहनु भएको छ । 

Comments

KATHMANDU WEATHER