Byroad News

Loading...

पश्चिम बंगालमा चट्याङ लागेर २३ को मृत्यु, पुनेको आगलागीमा १८ ले ज्यान गुमाए


पश्चिम बंगालमा चट्याङ लागेर २३ को मृत्यु, पुनेको आगलागीमा १८ ले ज्यान गुमाए

एजेन्सी/२५ जेठ 
भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको ज्यान गएको छ । सोमबार राति बंगालको ३ जिल्लामा गरी कुल २३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। सरकारी तथ्यांक अनुसार तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएको खबर आएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट ज्यान गुमाएका परिवारको लागि राष्ट्रिय विपत्ति राहत कोषबाट २ लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नु भएको छ । उहाँले ट्वीटरमार्फत् घाइतेहरुलाई प्रति व्यक्ति ५० हजार रुपियाँ दिने घोषणा गर्नु भएको छ ।

राज्यमा सत्तारूढ टीएमसीका राष्ट्रिय महासचिव, सांसद अभिषेक बनर्जीले बुधबार र बिहिबार तीनै जिल्लाका मृतकको घरमा गएर आफन्तहरूलाई भेट्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार ज्यान जानेमा हुग्लीका १० जना, मुर्शिदाबादका नौ जना, हावडामा दुई र पश्चिम मेदिनीपुर जिल्लामा दुई जना रहेका छन् ।

त्यस्तै, महाराष्ट्रको पुनेमा एक केमिकल कारखानामा भएको आगलागीमा १८ जनाको ज्यान गएको छ । ज्यान जानेमा सबै मजदुर रहेको बीबीसीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER