एजेन्सी/२५ जेठ
तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन चीन सरकारले अनुमति दिएको छ ।
वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न त्यहाँको स्वास्थ्य विभागले अनुमति दिएको चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकले जनाएको छ ।
यति कम उमेरका बालबालिकामा खोप लगाउन अनुमति दिने चीन पहिलो मुलुक हो । अहिलेसम्म १५ भन्दा बढी खोपहरु १८ वर्षभन्दा माथिका उमेर समुहलाई दिदै आएको छ । केही मुलुकमा भने १३ वर्षदेखिका बालबालिकालाई पनि खोप दिन अनुमति थियो ।
सिनोभ्याकले गरेको बलबालिकाहरुमा दुई चरणमा गरिएको अनुसन्धानमा ती उमेर समुहमा पनि १८ वर्षमाथिकालाई जत्तिकै प्रभाव देखेको छ ।
हरेक दिन १ करोड ४० लाख नागरिकलाई खोप लगाइरहेको चीनले बालबालिकामा भने कहिलेदेखि खोप लगाउन सुरु गर्छ भन्ने कुरा यकिन छैन ।
चिनियाँ कम्पनी सिनोभ्याक खोपलाई गत हप्तामात्र विश्व स्वास्थ्य संगठनले अनुमति दिएको थियो । नेपालले पनि गत शुक्रबार मात्रै सिनोभ्याकको खोपलाई नेपालमा व्यवसायिक आयात र प्रयोगका लागि अनुमति दिएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments