Byroad News

Loading...

बज्रबाराही आइसोलेसनलाई ५ थान कन्सन्ट्रेटर सहयोग


बज्रबाराही आइसोलेसनलाई ५ थान कन्सन्ट्रेटर सहयोग

थाहानगर/२४ जेठ 
बज्रबाराही घर भई काठमाडौंमा बसोबास गर्दै आउनु भएका बच्चु गोपालीले ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नु भएको छ । गोपालीले थाहा नगरपालिका ६ स्थित आइसोलेसन सेन्टरलाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नु भएको डा. रिकेश कार्कीले जानकारी दिनुभयो । 

गोपालीले आइसोलेसन सेन्टरमै पुगेर ६ नम्बरका वडाध्यक्ष शशिधर सुवेदीलाई हस्तान्तरण गर्नु भयो । अध्यक्ष सुवेदीले स्थानीयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रभावकारी ढंगले योजना बनाएर कार्यान्वयनमा लागेको जानकारी दिदै दातालाई धन्यवाद दिनुभयो । हस्तान्तरण गर्दै गोपालीले कोभिड -१९ का बिरामीको संख्या बढेपछि स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखेर अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताउनु भयो । बज्रबाराहीस्थित आइसोलेसनमा २० बेडको क्षमता रहेको भएपनि हाल ८ जना मात्र आइसोलेसनमा छन् । ५ सय ३४ जना होम आइसोलेसनमा छन् भने २२ जनाको नगर बाहिर उपचार भैरहेको छ ।

Comments

KATHMANDU WEATHER