एजेन्सी/२४ जेठ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावलीसम्म मुलुकका ८० करोड गरिब नागरिकहरुलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गर्नु भएको छ । आज (सोमबार) राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले प्रधानमन्त्री गरिब कल्याण योजनाअनुसार दिइँदै आएको निःशुल्क रासनको समयावधि बढाउने घोषणा गर्नु भएको हो ।
‘सरकार यो महामारीमा गरीबको साथमा छ । हाम्रो ८० करोडभन्दा धेरै जनसंख्याले नोभेम्बरसम्म रासन पाउनेछन् । कसैले पनि भोकै सुत्नुपर्दैन’, मोदीले भन्नुभयो ।
यसअघि सन् २०२० को अक्टोवरमा मोदीले महामारीमा भारतले १५ खर्ब भारतीय रुपियाँबराबरको राशन ८० करोड गरिब नागरिकहरुलाई निःशुल्क वितरण गरिने घोषणा गरेका गर्नु भएको थियो ।
यसैबीच, मोदीले भारतको खोप अभियानको पनि बचाउ गर्नु भएको छ । उहाँले जुन २१ बाट भारतको सरकारले १८ देखि ४४ वर्ष उमेर समूहका मानिसहरुलाई पनि निःशुल्क खोप वितरणको काम सुरु गर्ने बताउनु भएको छ । अहिले नै भारतमा ४५ वर्षमाथिका मानिसहरुले कोरोना खोप लगाइरहेका छन् । भारतमा कोरोना खोप अभियान निकै सुस्त चलिरहेको भन्दै आलोचना भइरहेको समयमा मोदीले यस्तो घोषणा गर्नु भएको हो । उहाँले सरकारले मुलुकमा कोरोनाको महामारी फैलिँदा सबै संयन्त्रहरुलाई प्रयोग गरेर आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रयास गरेको दाबी गर्नु भयो ।
अहिलेसम्म भारतमा २३ करोड डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइसकेको मोदीले बताउनु भयो । एक वर्षभित्र भारतले दुई स्वदेशी खोप सार्वजनिक गरेको र सोही खोपको कारण अहिले भारतले आफ्नो खोप अभियान सञ्चालन गरिरहेको भन्दै यसमा गर्व गर्नुपर्ने बताउनु भयो । मोदीले आगामी दिनमा कोरोना खोपको आपूर्ति पनि बढ्ने उल्लेख गर्नुभयो । अहिले भारतमा सातओटा कम्पनी विभिन्न किसिमको खोप बनाइरहेको र बाँकी तीन खोपको अन्तिम चरणको मानव परीक्षण चलिरहेको मोदीले बताउनु भयो ।
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments