थाहानगर/२४ जेठ
नेपाल सरकारको कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत थाहानगरका वृद्धहरुलाई भेरो सेल खोप संचालन गरिन लागेको हो ।
यो २६ र २७ जेठमा सुरु गरिने अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका वृद्धहरुलाई लगाइने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताउनु भयो ।
पहिलो डोजअन्तर्गत जेठ २६ गते विहान १० बजेदेखि ४ बजेसम्म प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकीहरु बज्रबाराही, टिष्टुङ र चित्लाङ स्वास्थ्य चौकीमा खोप लगाइने छ । यसैगरी, २७ जेठ विहान १० बजेदेखि ४ बजेसम्म प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकी आग्रा र देउखेल शहरी स्वास्थ्य केन्द्रमा लगाइने जनाइएको छ ।
यसअघि थाहानगरका १ सय ४४ जनाले दोस्रो डोज र १६ सय जनाले पहिलो डोजको खोप लगाइसकेका छन् ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments