थाहानगर/२४ जेठ
थाहा नगरपालिका शिक्षा शाखाले नगरका सबै बिद्यालयहरुलाई कक्षा ८ बाहेक अन्य सबै कक्षाको नतिजा जेठ ३० भित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । २४ जेठमा शिक्षा अधिकारी शोभाकर रेग्मीले पत्राचार गरि जेठ ३० भित्र तोकिएको मूल्यांकन मापदण्ड बमोजिम नतिजा तयार गरि १ असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिनु भएको छ ।
कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा लिने अवस्था नरहेकोले मूल्यांकन मापदण्ड अनुसार तयार गर्न निर्देशन दिइएको छ । मापदण्डमा त्रैमासिक परीक्षाबाट १० प्रतिशत, अर्ध वार्षिक परीक्षाबाट ३० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली अन्तर्गत ४० प्रतिशत (परियोजना कार्य १० प्रतिशत, कक्षा सहभागी र गृहकार्य १० प्रतिशत, हाजिरी ५ प्रतिशत, सिकाइ व्यवहारमा परिवर्तन ५ प्रतिशत, सिकाई सम्बद्ध सृजनात्मक कार्य १० प्रतिशत) र विद्यार्थीको थप वैकल्पिक मूल्यांकन २० प्रतिशत (सह-क्रियाकलाप ५ प्रतिशत, मासिक र एकाई परीक्षा १० प्रतिशत, अनुशासन ५ प्रतिशत) समेतका आधारहरु तय गरिएको छ ।
आधारभूत तह (कक्षा ८) को कक्षा शिक्षक, परीक्षा संयोजक र प्रधानाध्यापकबाट तोकिएको ढाँचामा विषयगत मूल्यांकन फारम र माक्सलेजर तयार गरि नगरपालिका शिक्षा शाखामा बुझाउन निर्देशन गरिएको छ ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments